सलाम एयरको जिएसए आइएमई ट्राभल्सले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गएको सेप्टेम्बरमा सलाम एयरको जिएसए भएको ट्राभल्सले लाजिम्पाटस्थित कार्यालयको प्रङ्गणमा रक्तदान कार्यक्रम गरेको हो ।
रक्तदान कार्यक्रममा दुर्लभ रक्त समुह भएका भोला सापकोटा, पर्यटन व्यवसायि तथा उक्त व्यवसायसँग सम्बद्ध र सलाम एयर तथा आइएमई ट्राभल्सका ७५ जना कर्मचारीहरुले रक्तदान गरेका छन् । आइएमई ट्राभल्स आइएमई ग्रुप अन्तर्गत संचालित ट्राभल कम्पनि हो ।
रक्तदान जस्तो पबित्र सामाजिक कार्यमा सरिक भएकोमा सवैलाई आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धन्यवाद दिए ।