फाइल फोटो
सुनसरी भन्सार कार्यालयले कर छली गरेर ल्याईएका सवारी साधनहरु लिलाम गर्ने भएको छ । कार्यालयले भन्सार छली, चोरी निकासी/पैठारी अभियागमा जफत गरेका ८० वटा सव्वारी साधन लिलाम गर्ने भएको हो ।
यी मध्ये अधिकांश बाइकहरु रहेका छन् । कार्यालयले लिलाम गर्न लागेका सवारी मध्ये केहि कवाडीको रुपमा रहेका छन् भने केहि नयाँ र दर्ता हुने खालका छन् । लिलामको लागि आवेदन दिनेले सवारी साधनहरु जे जस्तो अवस्थामा छ त्यहि अवस्थामा लैजानु पर्ने कार्यालयले जनाएको छ । यदि कसैले लिलाममा आवेदन दिनु अगाडी ति सवारी हेर्न चाहेमा कार्यालय समयमा आइ हेर्न सकिने छ ।
लिलामको सुचीमा दर्ता हुने स्प्लेन्डर मोटरसाइकल समेत रहेको छ जसको न्यूनतम मूल्य १९ हजार ९ सय ५० तोकिएको छ । सबै भन्दा धेरै मूल्य आईसर ट्रयाकटरको रहेको छ । त्यस ट्रयाकटरको मूल्य ५ लाख १६ हजार ५० कायम गरिएको छ ।
हेर्नुस लिलामको सूचना, शर्तहरु र लिलामको लागि आवेदन दिने प्रकिया :