बिरामीको मृत्यु भएपछि ओम अस्पताल तनावग्रस्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 10:36:15 AM मा प्रकाशित

laxmi  sunrise bank

उपचारको क्रममा विरामीको मृत्यु भएपछि ओम अस्पताल तनावग्रस्त बनेको छ । पित्तथैलीमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएकी सिन्धुपाल्चोक इन्द्रवातीकी ५० वर्षीय रामप्यारी थापाको मृत्यु भएको छ । थापाको पित्तथैलीको अप्रेसनको क्रममा ज्यान गएको हो । उनी गत शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन् ।

विरामीको मृत्यु भएपछि अस्पताल प्रशासनले विहीबार परिवारका सदस्यलाई थापाको मृत्युबारे जानकारी गराएको थियो । परिवार तथा आफन्तले अस्पतालको लापरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका छन् ।

आफन्तहरूले नाराबाजी गर्न थालेपछि प्रहरीले दुवै पक्षलाई राखेर सहमतिको प्रयास गरिरहेको गौशाला वृतका डीएसपी प्रदिप सिंहले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved