सरकारले सबै खाले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । यातायाता व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहालले सबै खाले सवारी साधनमा लागू हुने गरी १२ प्रतिशत भाडा बढाइएको जानकारी दिए ।
बिहिबार यायायात व्यवसायी, उपभोक्ता र सुरक्षा निकायलगायतसँग छलफल गरी विभागले भाडादर समायोजन गरेको हो । नयाँ भाडादर असार १ गतेबाट लागू हुने विभागले जनाएको छ ।
जस अनुसार काठमाडौं उपत्यकाको शहरी क्षेत्र र अन्य शहरी क्षेत्रमा सञ्चालन हुने सबै किसिमका यात्रुवाहक सवारी साधनको भाडादर न्यूनतम १७ देखि अधिकतम ३२ सम्म कायम भएको छ ।
हेर्नुस उपत्यका भित्रको नयाँ भाडादर ।
उल्लेखित भाडादर चक्रपथ परिक्रमा, चक्रपथ भित्रका बाटाहरु र चक्रपथ बाहिर ४ कि.मी. सम्म लागु गरिएको बिभागले जनाएको छ । चक्रपथ बाहिर ४ कि.मी. भन्दा बढी दूरी भएका (० कि.मी. देखि २५ कि.मी. सम्म) ग्रामिण रुटहरुमा प्रति कि.मी. रु.२।४५ का दरले हिसाव हुने छ ।
यो पनि :