विद्यार्थी कुटेको आरोपमा पत्रकार पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2019 | 07:44:10 PM मा प्रकाशित

laxmi  sunrise bank

बिद्यार्थी कुटेको आरोपमा पत्रकार पक्राउ परेका छन। उदयपुरको बेल्टारमा बिद्यार्थी कुटेको आरोपमा नेपाल पत्रकार महासंघ, उदयपुर शाखाका सदस्य समेत रहेका पत्रकार देबराज राई सहित ३ जना पक्राउ परेका हुन् ।   

इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख, प्रहरी निरक्षिक गँगा पौडेलले क्याम्पसमै गएर विद्यार्थीलाई हातपात गरेको निहुँमा ३ जनालाई पक्राउ गरिएको पुष्टि गरे। प्रहरी निरक्षिक पौडेलका अनुसार पक्राउ पर्नेमा राई सहित चित्रकुमार कार्की र रमिला बस्नेत समेत छन् ।

राई त्रियुगा एक्सप्रेस दैनिक र उदयपुरको गाइघाट स्थित उपहार एफएममा कार्यरत छन् । पक्राउ परेका सबैलाई भोलि मुद्धा दायर गरिने प्रहरी निरीक्षक पौडेलले बताए । ‘ विद्यार्थीले जाहेरी दिएका छन्, भोलि सरकारी वकिलसाग कुन किसिमको मुद्धा दायर गर्ने भन्ने सल्लाह गरेर मुद्धा चलाउछौं' उनले भने। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved