उदयपुरको चौदण्डीगढी नगरपालिका ७ लाटीखोलामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । निर्माणधिन मदनभण्डारी लोकमार्ग खण्डमा पर्ने लाटी खोलामा बुधबार भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका ७ का ४६ वर्षीय खगेन्द्र साम्पाङ र ४५ वर्षे जीवन साम्पाङ छन् । बेल्टारबजार जाँदै गरेको बा २ क ७०९ नम्बरको टिपरले स ४ प ३६१ नम्बरको मोटसाईकललाई ठक्कर दिएको थियो ।
ठक्कर दिने टिपर निर्माणधिन मदनभण्डारी लोकमार्गको पुलको ठेक्का लिएको रसुवा जेभि कन्ट्रसनको भएको पुष्टी भएको छ । टिपरका चालक र सह चालक फरार छन् ।