संखुवासभा गोली काण्डः विप्लवका तीन कार्यकर्ता वेपत्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 04:46:08 PM मा प्रकाशित

laxmi  sunrise bank

संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–१ होयङ्मामा प्रहरीसँगको दोहोरो गोली हानाहानका क्रममा नेत्रविक्रम चन्द विप्लव समूहका  तीन कार्यकर्ता बेपत्ता भएको खुलेको छ । विप्लवले आफ्ना तीनजना कार्यकर्ता बेपत्ता भएको दाबी गरेको छ । तर प्रहरीले भने घटनास्थल भन्दा अलिक टाढाबाट एक जनालाई पक्राउ गरिएको जनाएको छ । 

गोली चलेको भएपनि सुरक्षा निकायले भने अहिलेसम्म हताहतीको जानकारी दिएको छैन । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले नियमित गस्तीमा गएको प्रहरी टोलीसँग जम्काभेट भएपछि विप्लव समूहबाटै गोली चलाइएको दाबी गरेका छन् । गोली हानाहानपछि आकास्मिक रुपमा बसेको जिल्ला सुरक्षा समितिको बैठकको सूचना पनि प्रशासनले दिएको छैन । मौसम खराब भएकाले पर्याप्त सञ्चार नभएका कारण सूचना आउन नसकेको प्रशासनले जनाएको छ ।

योपनिः 

दलित छात्रालाई मेगा बैंकद्वारा शैक्षिक सामग्री सहयोग 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved