संखुवासभा भिडन्त अपडेटः सेनाका तीन हेलिकप्टरद्वारा हवाई गस्ती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 12:28:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच संखुवासभाको सिलिचोङ गाउँपालिका–१ होयङमामा सोमबार बिहान गोली हानाहान भएपछि सेनाका तीनवटा हेलिकोप्टर सिलिचोङ पुगेका छन् । अहिले ती हेलिकोप्टरले गोली हानाहान भएको क्षेत्रमा हवाई गस्ती गरिहेका छन । तीनै हेलिकोप्टरबाट काठमाडौँबाट सशस्त्र र नेपाल प्रहरीका ५० जना भन्दा धेरै जवान सिलिचोङ पुगेका छन् । 

हेलिकोप्टरले सिलिचोङ र मकालुवरुण जंगलमा गस्ती गरिरहेका हुन् । सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५/२५ जनाको टोली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत संखुवासभा पुगेको हो । 

खाँदबारीबाट सशस्त्र प्रहरीको २० जनाको टोली पनि स्थल गस्तीमा छ । प्रहरी निरीक्षकको कमाण्डमा १७ जनाको टोली पनि परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ । 

घटनाको क्षतिको विषयमा प्रशासनले कुनै जानकारी दिएको छैन । सुरक्षा समितिको आकस्मिक बैठक बसेपनि कुनै निकायले दाहोरो हवाई फायरमा भएको क्षति भन्न मानेका छैनन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved