आईफा अवार्ड नेपालमा नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 12:01:54 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन इन्टरनेशनल फिल्म अवार्ड (आईफा) आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी आलाचना भएपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले आइफा अवार्ड यसवर्ष नेपालमा नहुने पुष्टि गरेका छन् । ‘यो वर्ष अब नहुने भयो, केही वर्षपछि पुनः आयोजनाको सम्भावना छ’ जोशीले भने । 

असार ८ गते बसेको मन्त्रिपरिषद बैठकले आईफा अवार्ड नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । अवार्ड गर्न मात्रै नभई सरकारले आर्थिक अनुदान समेत दिने भएको भन्दै आलोचना भएपछि आईफा अवार्ड कार्यक्रम नेपालमा नहुने भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved