प्रहरी समायोजनमा तह बढुवा अस्वीकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 09:27:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी समायोजनको आधार तयार भएको बताएका छन् । बिहीबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक खनालले सैद्धान्तिक टुंगिनासाथ प्रहरी समायोजनको काम सकिने बताए । 

प्रदेशमा आवश्यक जनशक्तिको प्रारम्भिक तथ्यांक तयार भएको र अहिले २६ हजार जनशक्ति प्रदेशमा पठाईएको महानिरीक्षक खनालले जानकारी दिए । 

बैठकमा गृह सचिव प्रेम राईले नेपाल प्रहरीको समायोजनमा तह बढुवा गर्न नसकिने बताए । समायोजन रोज्ने निजामती कर्मचारीको दुई ग्रेड र एक तह वृद्धि गरिएजस्तै प्रहरीमा पनि गर्नुपर्ने माग उठिरहेका बेला गृहसचिव राईले त्यसो गरिए अप्ठेरो पर्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved