६ घण्टा मै दोस्रो मन्त्रिपरिषद् बैठक बस्दै, के छ खास एजेण्डा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 01:51:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबारसाँझबाट सुरु भएको मन्त्रिपरिषदको बैठकले मंगलबार साँझ पनि निरन्तरता पाउने भएको छ। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा करिब ५ दर्जन एजेण्डा प्रस्तुत भएको र ति बिषयमा आवश्यक निर्णय लिनुपर्ने भएकाले मन्त्रिपरिषद्को बैठक लम्बिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

'आर्थिक वर्षको अन्तिमतिर आइपुगेकाले मन्त्रालयको समष्टिगत समीक्षा हुन बाँकी छ, राष्ट्रिय गौरवका आयोजना र अरू विकास आयोजनाको पनि समीक्षा भएको छैन' प्रधानमन्त्रीको प्रेस सल्लाहकार कुन्दन अर्यालले बिजपाटीलाई भने, 'सरकारको एक वर्षे कार्यप्रगतिको वस्तुगत समीक्षा गर्नुपर्ने विन्दूमा सरकार आइपुगेकाले मन्त्रिपरिषद् बैठक लम्बिरहेको छ, त्यसैको निरन्तरता अनुरुप मंगलबार पनि बैठक बस्न लागेको हो।'

सोमबार वा बिहिबार बस्ने प्रचलन रहेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले आकष्मिक रुपमा आज मंगलबार बिहान सिंहदरबारमा बैठक बाेलाएका थिए। सोमबार मन्त्रिपरिषद्को बैठकको क्रममा नै राष्ट्रपतिसँग समय माग भईसकेकाले उता जानू पर्ने भएकाले मंगलबार बिहान ७ बजे देखि नै मन्त्रिपरिषद्को बैठक डाकिएको सल्लाहकार अर्यालले बताए।

मंगलबार बिहान बसेको बैठकमा पनि विषयमा राम्ररी छलफल हुन नपाएकाले बाँकी विषयमा छलफल गर्न मंगलबार साँझ करिब ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

केहि संचारमाध्यममा एकवर्षे कार्यप्रगतिका बारेमा बुझ्न प्रधानमन्त्री ओलीले बुधबारदेखि मन्त्रीहरुको अन्तर्वार्ता लिने बिषयबारे बोल्दै प्रेस सल्लाहकार अर्यालले त्यस्तो कुनै एजेन्डा नभएको बताए।     


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved