सिरिन्ज आक्रमणको आरोपमा समातिएका शिक्षक निर्दोष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2019 | 01:58:45 PM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेमा युवतीमाथि सिरिन्ज आक्रमण गरेको आरोपमा प्रकाउ परेका शिक्षक रिहा भएका छन् । स्याङ्जाका शिक्षक खगेन्द्र प्रसाद पाठक निर्दोष भएको भन्दै रिहा भएका हुन् । 

सोमबार बनेपास्थित चार दोबाटोमा बसभित्र एक महिलाले ‘मलाई तिखो बस्तुले घोच्यो’ भन्दै चिच्याएपछि उनी गाडी भित्रै कुटपिटमा समेत परेका थिए । बनेपाबाट काठमाडौं आउँन लागेकि युवतीले बस चढेलगत्तै आफूमाथि तिखो बस्तुले घोचिएको भन्दै चिच्याएकि थिईन् । बसमा सवार यात्रुहरुले युवतीको चित्कार सुनेपछि पाठकलाई नियन्त्रणमा लिएर कुटपिट समेत गरे । 

त्यसलगत्तै घटनास्थलमा प्रहरी पुगेको थियो । प्रहरीले स्थानीयबाट उद्धार गरी पाठकलाई पक्राउ गरेका थियो । आक्रोशित भिडले इटा समेत प्रहार गरेका थिए । 

बोलीमा सामान्य लरबराउने पाठकले आफू निर्दोष रहेको भन्दै याचना माग्दा पनि भिडले छोडेन । उनी जीवनमै पहिलो पटक बनेपा गएको र स्याङ्जाबाट बर्खे बिदामा लोकसेवाको तयारी गर्न काठमाडौँ आएको उनका आफन्तले बताएका छन् । 

उनलाई नजिकबाट चिन्नेहरुले सामाजिक सञ्जालमा लेखेको स्टाटसः





Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved