ओखलढुंगामा बस दुर्घटना, ३ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2019 | 07:01:29 AM मा प्रकाशित

laxmi  sunrise bank

ओखलढुंगामा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । काँकरभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको बस ओखलढुंगाको मानेभन्ज्याङ स्थित डडुवामा दुर्घटना भएको हो ।

बुधबार बिहान करिब ४ बजे तिर मे १ ख १८९१ नम्बरको बस सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन्।

मृत्यू हुनेमा बसका चालक झापा घर भएका कृष्ण बहादुर बस्नेत, सोलुदुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुली कमलामाईका लाल बहादुर धाँमी रहेका छन्। 

घाइतेमध्ये चार जनालाई काठमाण्डौ लगिएको र बाँकीको उदयपुरको घुर्मीमा रहेको स्वास्थ्य संस्थामा उपचार भैरहेको पनि प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved