भोजपुर भिडन्तबारे संसदीय समितिमा गृहमन्त्रीको जवाफ माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2019 | 09:47:00 AM मा प्रकाशित

laxmi  sunrise bank

संसदको राज्यव्यवस्था तथा सुशासन समिति भोजपुरमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव समूहबीच भएको भिडन्त र मृत्युको विषय उठेको छ । कांग्रेस सांसद डा. डिला संग्रौला पन्तले भोजपुर घटनाबारे गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालबाट जवाफ माग गरेकी छिन् । 

‘यो संवेदनशील विषय हो । सुरक्षा व्यवस्था के भइरहेको छ ? भोजपुरमा भिडन्त भएर मान्छेको मृत्यु भएको कुरा आएको छ वास्तविकता के हो ?’ उनले प्रश्न गरिन् । 

समितिमा गृहमन्त्री थापा, गृहसचिव प्रेम राई, प्रहरी महानिरीक्षक खनाल पनि उपस्थित छन् । समितिमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल जारी छ । 

बुधबार बिहान भोजपुरको सदरमुकाममा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घुमुवाका रूपमा सक्रिय प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved