शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु, प्रधानाध्यापक नियन्त्रणमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2019 | 10:53:50 AM मा प्रकाशित

laxmi  sunrise bank

कञ्पुचनपुरको एक विद्यालयमा शिक्षकको कुुटाइबाट विद्यार्थीको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१७ मा रहेको महाकाली बाल विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारको क्रममा मृत्यु भएको हो ।

गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कलौनीको भारतको भोजीपुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिए ।

उक्त घटनाको बारेमा विद्यार्थीका अभिभावकले चार शिक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए तर त्यो बेला अभिभावक र शिक्षकबीच पहिले घाइतेको उपचार गराउने सहमति भएको भट्टले जानकारी दिए ।

प्रहरीले सुरक्षा र घटनाबारे अनुसन्धानका लागि भन्दै विद्यालयका प्रधानाध्यापक यशोदा जोशी तथा शिक्षक लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीलाई नियन्त्रणमा लिएको छ । 

मृतक विद्यार्थीका अभिभावकले भने प्रधानाध्यापकसहित चारै शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप लगाएका छन् । कुटपिटबाट विद्यार्थीको छाती, टाउकोमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved