राजधानीको थापाथलीस्थित प्रसुती गृह तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीका कारण सुत्केरी आमाको मृत्यु भएपछि अस्पताल प्रशासनले बच्चा लुकाएको आफन्तले आरोप लगाएका छन् ।
प्रशासनले कहिले बच्चा मरिसकेको र कहिले आईसीयूमा रहेको बताउने गरेको आफन्तले आरोप लगाएका छन् । आमाको शव देखाएपनि बच्चाको अवस्था के कस्तो भनी अस्पतला प्रशासनले जानकारी नदिएको उनीहरुले बताएका छन् । आफन्तले प्रदर्शन गर्न थालेपछि प्रहरीले अस्पताल परिसर घेरेर सुरक्षा दिईरहेको छ ।
मृतक नुवाकोट घर भएर हाल काठमाडौँ लैनचौर बस्दै आएकी कल्पना तामाङ्ग रहेकी छिन् ।