निर्माता छविराज ओझा विरुद्ध जेठी श्रीमतिले बहुबिवाहको उजुरी दर्ता गराएकी छिन् । कान्छी श्रीमति एवम् नायिका शिल्पा पोखरेलसँगको विवाद चुलिएका बेला छविलाई अर्को तनाव थपिएको छ ।
ओझाकी जेठी श्रीमती हेमा ओझाले छविराज र उनकी कान्छी श्रीमती शिल्पा पोखरेलविरुद्ध उजुरी दिएकी हुन् । हेमाले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा उजुरी दर्ता गराएकी हुन् । हेमका दुई सन्तान छन् ।