गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार सत्यबति गाउँपालिकाका २ वटा वडामा पहिरोमा परि ११ जनाको मृत्यु भएको हो ।
वडा नम्बर ४ को लिम्घामा एकै घरका ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ६५ वर्षिय छल्ली बिक, २८ पम्फा १२ वर्षिय अंजली बिक, १० वर्षिय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक, सन्दीप बिक रहेका छन् । त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडामा पुरिएर ३२ वर्षिय तिलकुमारी त्रामु र उनका ९ वर्षिय छोरा दर्शन त्रामुको मृत्यु भएको हो ।
सोही वडामा पहिरोले रुद्र बिकको घर बगाउँदा ४० वर्षिय मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् । अरु २ जना बेपत्ताको परिचय ख्ल्न सकेको छैन । पहिरोमा पुरिएर सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामु घाइते भएका छन् ।
घटना स्थल पुग्न जिल्ला सदरमुकाम तम्घासबाट ३ घण्टा भन्दा बढी समय लाग्छ ।