विद्युत प्राधिकरणका १४ कर्मचारीको निर्देशकमा बढुवा (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 09:49:59 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल विद्युत प्राधिकरणका १४ जना उच्च तहका कर्मचारीको बढुवा भएको छ  । प्राधिकरणले १०औं तहमा कार्यरत १४ कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा निर्देशकमा बढुवा गरेको हो  ।

प्राधिकरणले सबैभन्दा धेरै प्राविधिक कर्मचारीबाट ११ जनालाई निर्देशकमा बढुवा गरेको छ। प्रशासन तर्फबाट २ जना र अर्थबाट १ जना कर्मचारीलाई निर्देशकमा बढुवा गरिएको छ।

बढुवामा पर्नेमा सबै धेरै प्राविधिक समुहका छन। बढुवा हुने प्राविधिक कर्मचारीहरुमा प्रबल अधिकारी, किरणकुमार श्रेष्ठ, अजयकुमार दाहाल, ज्ञानेन्द्रमान जोशी, शालिग्राम शर्मा आचार्य, शुभाषकुमार मिश्र, रामगोपाल शिवाकोटी, संगीता रायमाझी, सच्चिदानन्द यादव, अनिलमान श्रेष्ठ र मोहन प्रसाद गौतम रहेका छन्। 

प्रबल अधिकारी प्राधिकरणका प्रबक्ता समेत हुन् । हाल उनी विद्युत व्यापार विभागका प्रमुख छन् । त्यस्तै किरणकुमार श्रेष्ठ साञ्जेन जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन भने मोहनप्रसाद गौतम त्रिशुली जलविद्युत कम्पनीका एमडी हुन्। त्यस्तै अजयकुमार दाहाल चमेलिया जलविद्युत आयोजना र शुभाषकुमार मिश्र कुलेखानी ३ मा कार्यरत छन्। 

प्रशासनतर्फबाट बलराम सिलवाल र शिवकुमार अधिकारी निर्देशकमा बढुवा भएका छन्। अर्थ शाखाबाट वीरबहादुर ढुङ्गानाको निर्देशकमा बढुवा भएको हो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved