रिक्त रहेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी सत्तारुढ नेकपाका नेता योगेश भट्टराईले सम्हाल्ने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भट्टराईलाई आज बुधबार नै नियुक्त गरि दिउँसो ४ बजे सपथ ग्रहण गराउन लागिएको हो ।
यसअघि यो मन्त्रालय प्रधानमन्त्री आफैँले सम्हाल्दै आएका थिए । उपचारका लागि सिङ्गापुर जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई मन्त्री बनाउन लागेका हुन् ।
पर्यटनमन्त्री रविन्द्र अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनमा परि निधन भएपछि मन्त्रालय मन्त्री बिहिन अवस्थामा थियो ।