वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन भएको छ । दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो ।
निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएपछि उनलाई पुतलीसडकस्थित हिमाल अस्पताल लागिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो।
दीक्षितका ‘माधवी’, ‘ऋग्वेद : केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन्। वि. सं. २०३९ मा माधवी उपन्यासका लागि उनलाई मदन पुरस्कार प्रदान गरिएको थियो। त्यही वर्ष त्यही उपन्यासले साझा पुरस्कार पनि पाएको थियो ।