सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभागको नेतृत्व टुंग्याएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले पार्टीका ३३ विभागको नेतृत्व टुंगो लगाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन् ।
पूर्व एमाले र पूर्व मओवादीले दाबी गरेको स्कुल विभागको नेतृत्व उपप्रधानमन्त्री समेत रहेका ईश्वर पोखरेलले पाएका छन् ।
बैठकले नीति अध्ययन प्रतिष्ठान विभाग प्रमुखमा झलनाथ खनाल, प्रचार विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ, विदेश विभाग प्रमुखमा माधव नेपाल, संगठन विभाग प्रमुखमा वामदेव गौतम, अर्थ विभाग प्रमुखमा सुरेन्द्र पाण्डे, पर्यटन विभाग प्रमुखमा योगेश भट्टराईलाई चयन गरेको छ । बाँकीको विवरण आउन बाँकी छ ।