(फोटो चितवनमा भएको प्रदर्शनको)
टेलिभिजनका प्रस्तोता रबी लामिछानेको समर्थनमा काठमाडौँमा विशाल आन्दोलनको घोषणा भएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रबीसहित तीनै जनालाई थप ५ दिन अनुसन्धानको लागि हिरासतमा राख्न अदालतले अनुमति दिएपछि काठमाडौँमा विशाल प्रदर्शनको घोषणा भएको हो ।
मंगलबार दिउँसोदेखि नै रबीका समर्थकले बुधबार दिउँसो ४ बजे माइतीघरमा आउन आग्रह गर्दै माइकिङ गरिरहेका छन् । रबीका विरोधी र उनी पक्राउ पर्दा खुशी मनाउनेहरुलाई सडकबाटै जवाफ दिने उनका समर्थकले चेतावनी दिएका छन् ।
यस प्रकरणमा रबीसहित पत्रकार युवराज कंडेल र नर्स अस्मिता कार्की पनि पक्राउ परेका छन् ।
हेर्नुहोस् भिडियोः