पति रवी लामिछानेको ग्रहदशा कटाउन निकिता पौडेल काठमाडौंबाटै ज्योतिष लिएर भरतपुर पुगेकी छन् । शनिबार नै भरतपुर पुगेकी उनले बाहिर मन्दिरमा रविको ग्रहदशा हटोस् भन्दै पूजापाठ गराएकी छन।
पूजापाठ गरेपछि निकिता प्रहरी हिरासतमा रहेका रविलाई भेट्न ज्योतिषलाई पनि सँगै लिएर गएकी थिइन् । ज्योतिषले रविलाई टीका र चन्दन लगाइदिएको बताइन्छ। केही समय रविसँगे भेटेर दुवै बाहिरिएका थिए ।
रविलाई अहिले साढे सातको दशा लागेकाले पनि मुद्दा मामिला लाग्न सक्ने ज्योतिषहरूले भविष्यवाणी गर्दै आएका छन् । सोही कारण निकिताले ज्योतिषलाई लिएर रविकहाँ पुगेकी हुन् ।
यस्तै, रविलाई भेटेर फर्किंदा कलाकार निर्देशक दीपाश्री निरौलाको आँखाभरि आँशु देखिएको थियो । उनी बाहिर सञ्चारकर्मी र भित्र रविलाई भेट्दा पनि रोएकी थिइन् ।रविलाई भेट्न भनेर आइतबार बिहानै कलाकारहरू दीपकराज गिरी, निर्मल शर्मा, दीपाश्री निरौला, केदार घिमिरे, अनुराग कुँवर, रमेश उप्रेतीलगायत भरतपुर पुगेका थिए। उनीहरू अहिले काठमाडौं फर्केका छन् ।
हेर्नुस फोटो फ्रेम, दोस्रो फोटो हेर्नको लागि फोटोको दाहिने पट्टि देखिने खैरो लाइनमा वा दाहिने तर्फ नै देखिने सानो बक्समा क्लिक गर्नुहोला :