नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा भिम गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। गौतम प्रतिस्पर्धी मोदनाथ ढकाललाई १० मतले पछि पार्दै दुई बर्षे कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन।
गौतमले १२० मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी ढकालले ११० मत ल्याएका थिए। त्यस्तै उपाध्यक्षमा सरस्वती ढकाल गोलाप्रथाबाट चयन भएकी छन। प्रतिस्पर्धी विष्णु वेल्वासे र ढकालले समान ८३/८३ मत ल्याएपछि गरिएको गोलाप्रथाबाट उनि चयन भएकी हुन।
त्यस्तै महासचिवमा सुजन ओली, सचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा हिमाल पौडेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा विजय वञ्जाडे, मुना कुँवर, हिमा विक, कमला अर्याल र सुजन ढुंगाना निर्वाचित भएका छन।