तीजमा तनहुँको व्यास नगरमा सार्वजनिक बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2019 | 08:05:57 AM मा प्रकाशित

laxmi  sunrise bank

तनहुँको व्यास नगरपालिकाले हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिएको छ । नारीहरुको पर्व तीजमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भदौ ९ गते बसेको नगर कार्यपालिका बैठकले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

स्थानीय सरकार गठन पश्चात स्थानीय तहको अधिकार प्रयोग गरी सार्वजनिक बिदा दिने व्यास नगरपालिकाका दोस्रो भएको छ । यसअघि जिल्लाकै भानु नगरपालिकाले भानु जयन्तीको अवसरमा असार २९ गते सार्वजनिक बिदा दिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved