सबैभन्दा धेरै र कम अपराध हुने जिल्लाको अध्ययन रिपोर्ट प्रहरीले तयार पारेको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले गरेको अध्ययन अनुसार धेरै अपराध हुने जिल्ला काठमाडौं देखिएको छ ।
आर्थिक वर्ष २०७५/७६ भरीमा काठमाडौंमा सबैभन्दा बढी ८ हजार ५५९ मुद्दा दर्ता भएका छन् । काठमाडौँपछि मोरङ सबैभन्दा बढी अपराध हुने जिल्लामा परेको छ । मोरङमा १ हजार ८८८ वटा मुद्दा दर्ता भएका छन् ।
मोरङपछि रूपन्देही अपराध धेरै हुने जिल्लामा परेको छ । रूपन्देहीमा १ हजार ८३५ मुद्दा दर्ता भएका छन् । रूपन्देहीपछि सुनसरीमा १ हजार ७८३, झापामा १ हजार ४३३ मुद्दा दर्ता भएका छन् ।
कास्कीमा १ हजार २७७, कैलाली १ हजार २३५, चितवनमा १ हजार १७८, धनुषा १ हजार १८७ र बाँकेमा १ हजार १५८ वटा मुद्दा दर्ता भएका छन् ।