एसीसी यु१९ कप छनौट : नेपालद्वारा थाइल्याण्डलाई २८२ रनको लक्ष्य, शतक बनाउनबाट चुके अनिल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2017 | 09:21:06 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा जारी एसीसी यु१९ एसिया कप क्रिकेटको छनौटमा नेपालले थाइल्याण्डलाई २८२ रनको लक्ष्य दिएको छ। नेपालको ब्याटिङ चम्किएपछि थाइल्याण्ड सामु नेपालले ठुलो लक्ष्य दिन सफल भएको हो।  

टस हारेर ब्याटिङको निमन्त्रणा पाएको नेपालका लागि अनुल कुमार शाहले सर्वाधिक ९१ रन जोडे। त्यस्तै नेपालका लागि प्रनित थापा मगरले ५०,सन्दिप सुनारले ३२ , रोहित कुमार पौडेलले २८ र कप्तान दिपेन्द्र सिंह ऐरी र पवन सराफले समान २२ रन जोडे। 

नेपालले ५० ओभरमा ७ विकेट गुमाउदै दुई सय ८१ रन बनाएको हो। मध्यम सुरुवात गरेको नेपालले ३४ रन हुँदा एक र ९४ रन हुँदा दुई विकेट गुमाएको थियो। 

नेपालले छनौट अन्तर्गतको दोस्रो खेल सेप्टेम्बर १३ मा भुटानविरुद्ध खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा सेप्टेम्बर १४ तारिखमा सिंगापुरविरुद्ध खेल्नेछ । समूह बी मा चीन, मलेसिया, हङकङ र म्यानमार छन् । छनोटको फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved