नयाँ फिफा बरियता: नेपाल ६ स्थान माथि उक्लियो, भारत यथास्थानमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2017 | 03:22:42 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व फुटबलको सर्बोच्च निकाय फिफाले सन् २०१७ को  नोभेम्बर महिनाको फिफा बरियता सार्बजनिक गरेको छ । आइतबार  सार्बजनिक भएको यस महिनाको नयाँ बरियतामा नेपाल ६  स्थान माथि उक्लदै  १ सय ७० औ स्थानमा पुगेको छ । नेपालले यस अवधिमा ४   अंक कमाएको  छ  । गत महिना नेपालको अंक ९४  रहेकोमा यस महिना नेपालको अंक ९८  भएको छ  । 

 फिफाले आज सार्बजनिक गरेको नयाँ बरियता अनुसार दक्षिण एसियामा सबै भन्दा माथि भारत १०५ औ स्थानमा छ ।   त्यस्तै अफगानिस्तान १४७  औ, माल्दिभ्स १५७ औ स्थानमा छन्   । , नेपाल भन्दा पछि  भुटान १८५ औ स्थानमा , बंगलादेश १९२ औ, श्रीलंका २०० औ र पाकिस्तान २०१ औ स्थानमा छ । 

बिश्व बरियतामा भने जर्मनी शिर्ष स्थानमा कायम छ।  त्यस्तै  ब्राजिल दोस्रो ,  तेस्रोमा  पोर्चुगल ,  चौथोमा अर्जेन्टिना   , पाचौमा बेल्जियम यथावत छन्   । त्यस्तै  छैठौमा स्पेन, सातौमा पोल्याण्ड , आठौमा स्विजरल्याण्ड , ९ औमा  फ्रान्स र चिली    दशौ स्थानमा छन् ।

पुरा बरियता हेर्न यहाँ क्लिक गर्नु होला । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved