वेस्टइन्डिज ‘ए’ले दोस्रो टी–२० खेलमा घरेलु टोली नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज एले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो ।
नेपालका स्पिनर सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।
५ खेलको सिरिजमा नेपालले पहिलो खेल जितिसकेको छ । हिजो भएको खेलमा नेपालले वेस्टइन्डिज ‘ए’लाई ४ विकेटले हराएको थियो ।