च्याम्पियन्स लिग : बार्सिलोना भर्सेस रोमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 10, 2018 | 12:42:09 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोपेली च्याम्पियन्स लिगमा बुधबार बिहान स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब रोमा आमने सामने हुँदैछन् । बुधबार बिहानै हुने अर्को खेलमा दुई इंग्लिस क्लब म्यान्चेष्टर सिटी र लिभरपुल भिड्दैछन । 

नोउ क्याम्पमा भएको पहिलो लेगमा ४–१ को जित निकालेको बार्साका लागि दोस्रो लेगमा दबाव कम छ । रोमाका प्रशिक्षक इसेबायो डी फ्रान्सेस्को आफ्नो टिम बार्सिलोनालाई हराउँदै सेमिफाइनलमा पुग्ने दाबी गर्छन । उनले आफ्नो टिमले बार्सिलोनाविरुद्धको खेलमा उत्कृष्ट खेलाडीलाई मैदानमा उतार्ने बताएका छन् । च्याम्पियन्स लिगको इतिहासमा अहिलेसम्म बार्सिलोनासँग खेलेका दुई खेलमध्ये रोमाले एकमा जित निकालेको छ भने एकमा बराबरीको नतिजा हात पारेको छ । तर बार्सिलोनाले इटालियन क्लबविरुद्धको च्याम्पियन्स लिगका पछिल्ला ६ खेलमा कुनै पनि खेल जितेको इतिहाँस छैन । 

त्यसैगरी म्यान्चेष्टर सिटी र लिभरपुल पनि बुधबार विहान आमने सामने हुँदैछन् । एन्फिल्डमा भएको पहिलो लेगमा लिभरपुलले ३ – ० को महत्वपूर्ण जित हात पारेपछि सिटीको सेमिफाइनल पुग्ने सम्भावना न्यून बनेको छ । इथियाड स्टेडियममा हुने खेलमा सिटीलाई जितको लागी ४ गोल आवश्यक छ । दुवै खेल बुधबार बिहान साढे १२ बजे हुनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved