बहु चर्चित इंगलिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत आज शनिवार अन्तिम अर्थात १८ औ चरणका खेलहरु हुदै छन् । आजको खेलले च्याम्पियन्स लिग पुग्ने थप १ टोलीको टुंगो लगाउने छ भने रेलिगेसनमा पुग्ने थप १ टोलीको टुंगो लाग्ने छ ।
म्यानचेस्टर सिटी यस अघि नै लिग बिजेता बनिसकेको छ । हाल सिटीको ९७ अंक छ । त्यस्तै ७८ अंक भएको म्यानचेस्टर युनाईटेड आज जे नतिजा आए पनि दोस्रो स्थानमा नै रहने पक्का छ । हाल ७४ अंक सहित तेस्रो स्थानमा रहेको टोटनहम आज जे जस्तो नतिजा आएपनि शिर्ष ४ मै कायम रहने निश्चित छ । यी ३ ले अर्को बर्षको च्याम्पियन्स लिगको लागि स्थान पक्का गरिसके । आजको खेलले च्याम्पियन्स लिगमा सहभागी हुने चौथो टिमको टुंगो लगाउने छ । प्रिमियर लिगको शिर्ष ४ मा रहने टोलीले च्याम्पियन्स लिग खेल्न पाउने छन् । चौथो टोली लिभरपुल वा चेल्सी मध्ये एक हुनेछ ।
हाल लिभरपुलको ७२ अंक रहेको छ चेल्सीको ७० अंक छ । आज लिभरपुलले ब्राइटनसंग खेल्दै छ । ब्राइटनसंग बराबरी खेलमा पनि लिभरपुल शिर्ष ४ मा पुग्ने छ । उता चेल्सीले न्युक्यासल युनाइटेडसंग खेल्दै छ । चेल्सी शिर्ष ४ मा पुग्नको लागि न्युक्यासल युनाइटेडलाई हराउन पर्ने छ भने लिभरपुल पराजित हुनु पर्ने छ ।
लिभरपुल यस सिजनको फाइनलमा पुगिसकेको छ । लिभरपुलले रियल म्याड्रिडलाई पराजित गर्दै उपाधि जिते टोली स्वत अर्को बर्षको लिगको लागि छानिने छ ।
यस्ता छन् आज हुने खेलहरु। सबै खेल आज रति नेपाली समय अनुसार ७:४५ बजे सुरु हुने छन् ।
बर्नली एफ सी विरूद्ध ब्रोनमाउथ
वेस्टहृयाम विरूद्ध इभर्टन
लिभरपुल विरूद्ध ब्राइटन
म्यानचेस्टर युनाइटेड विरूद्ध वाटफोर्ड
न्युक्यासलविरूद्ध चेल्सी
हर्डसफिल्ड टाउन विरूद्ध आर्सनल
क्रिष्टल प्यालेस विरूद्ध वेस्ट ब्रुम
साउथहृयामटन विरूद्ध म्यानचेस्टर सिटी
स्वान्सी सिटी विरूद्ध स्टोक सिटी
टोटनहृयाम विरूद्ध लिसेस्टर सिटी