युएई बिरुद्दको पहिलो एक दिवसीयमा नेपालले खराब ब्याटिंग प्रदर्शन गरेको छ । टस हारेर ब्याटिंग थालेको नेपालले यो समाचार तयार पार्दासम्म २१.३ ओभरमा ६ विकेटको क्षतिमा ७६ रन जोडेको छ ।
सोमपाल कामी सर्बाधिक ३० रन बनाएर आउट भएका छन् । त्यस्तै पारस खड्काले २० रन जोडेका छन् । ज्ञानेन्द्र मल्ल शुन्य रन मै आउट भयका थिए भने बिनोद भण्डारीले ५ रन बनाए । दिपेन्द्र ऐरी ० रन मै रन आउट हुँदा पवन शरफले ४ एन जोडे । नेपाली टिममा आज ज्ञानेन्द्र मल्ल, बिनोद भण्डारी, पारस खड्का, सोमपाल कामी, दिपेन्द्र ऐरी, सन्दिप लामिछाने, करण केसी, आरिफ शेख, ललित राजबंशी, बसन्त रेग्मी र पवन शरफ रहेका छन् ।
नेपालले युएईसंग तीन अन्तर्राष्ट्रिय एक दिवसीय र तीन टि–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । नेपालले एउटै देशसँग एक दिवसीय र टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको यो पहिलो पटक हो । गत मार्चमा जिम्बावेमा भएको एक दिवसीय विश्वकप छनोटमा एशोसिएटतर्फ उत्कृष्ट तीनमा पर्दै नेपालले पहिलोपटक चार वर्षका लागि एक दिवसीय मान्यता पाएको थियो । उक्त मान्यता पाएपछि नेपालले यो दोस्रो पटक एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । यसअछि नेपालले गत अगष्टमा नेदरल्याण्डसँग उसैको मैदानमा पहिलो एक दिवसीय सिरिज खेलेको थियो, जुन सिरिज एक÷एकको बराबरीमा सकिएको थियो ।
नेपालले यही माघ ११, १२ र १४ गते एक दिवसीय सिरिज खेल्नेछ भने माघ १७, १८ र २० मा टी–२० सिरिज खेल्नेछ ।
प्रतियोगिताको विजेता टोलीले १० हजार दिराम (रु तीन लाख १४ हजार) पाउने छ । युएई क्रिकेट बोर्डले पिचभिजन वेबसाइटबाट खेलको प्रत्यक्ष प्रसारण हुने बताएको छ ।