कोलकता हार्दा दिल्लीलाई पनि घाटा, प्ले अफमा कसको प्रतिद्वन्द्वी को ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2019 | 09:46:45 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमियर लिग आईपीएलमा प्ले अफमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । आइतबार २ खेल भए संगै शिर्ष ४ टोलीको टुंगो लागेको छ । शिर्ष ४ स्थानमा टिमको नेट रन रेट महत्वपूर्ण बन्यो ।

समुह चरणको सबै खेल सकिंदा मुम्बई, चेन्नई र दिल्लीको समान १८ अंक भएपनि नेट रन रेटको आधारमा मुम्बई पहिलो, चेन्नई दोस्रो र दिल्ली तेस्रो स्थानमा रही प्ले अफ प्रवेश गरेका छन् । त्यस्तै हैदरावाद, कोलकता र पंजावको समान १२ अंक रहे पनि हैदरावाद नेट रन रेटको आधारमा प्ले अफ प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा कोलकताले मुम्बईलाई पराजित गरेको भए कोलकता प्ले  अफमा पुग्ने थियो र दिल्ली दोस्रो स्थानमा कायम रहदै प्ले अफमा जाने थियो । तर कोलकता हार्दा दिल्लीलाई समेत घाटा भएको छ । शिर्ष २ स्थानमा रहने टिमले फाइनल प्रवेशको लागि २ मौका पाउने भएकोले शिर्ष २ स्थानमा रहनु महत्व[उर्न मानिन्छ ।तर नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्द दिल्ली त्यो मौका गुमाएको छ ।

अब मंगलबार मुम्बई र चेन्नईले पहिलो क्वालिफायार खेल्ने छन् भने बुधबार दिल्ली र हैदरावादले एलिमीनेटर खेल्ने छन् । चेन्नई र मुम्बईको खेलको बिजेता सिधै फाइनल प्रवेश गर्ने छ भने यस खेलमा हार्ने टोलीले फाइनल प्रवेशको लागि दोस्रो मौका पाउने छन् । यसमा हार्ने टोलीले फाइनल प्रवेशको लागि दिल्ली र हैदरावादबिचको खेलको बिजेतासंग खेल्ने छ । त्यसमा बिजयी हुने टोली फाइनल पुग्ने छ । दिल्ली र हैदरावादबिचको खेलमा पराजित हुने टोली भने बाहिरिने छ ।

यस्तो छ समुहचरणको  अंक तालिका : 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved