सन्दिप आवद्द दिल्ली क्यापिटल आईपीएलको क्वालिफायरमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2019 | 11:39:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्द दिल्ली क्यापिटल आईपीएलको क्वालिफायरमा प्रवेश गरेको छ । आज भएको इलिमिनेटर खेलमा दिल्लीले सनराईजर्स हैदरावादलाई २ विकेटले पराजित गरेको हो । यो दिल्लीको प्ले अफमा पहिलो जित हो  । यस अघि दिल्ली ४ पटक प्ले अफ पुगे पनि कहिल्यै जित हासिल गर्न सकेको थिएँन  ।

हैदरावादले दिएको १६३ रनको लक्ष्य दिल्लीले १९.५ ओभरमा एक बल बाकी रहदै ८ विकेटको क्षतिमा भेट्टायो । दिल्लीलाई जित दिलाउन रिसभ पन्तले विस्फोटक ब्याटिंग गर्दै २१ बलमा ४९ रन जोडे । त्यस्तै पृथ्वी शले ५६ तथा शिखर धवनले १७ रन जोडे । कोलिन मुन्रोले १४ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको रन बटुल्न सकेनन । 

यस अघि टस हारेर ब्याटिंग गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन जोडेको थियो । 

हार संगै हैदरावाद प्रतियोगिताबाट बाहिरिएको छ भने दिल्लीले अब फाइनल प्रवेशको लागि चेन्नईसंग प्रतिस्पर्धा गर्ने छ । चेन्नईलाई पराजित गर्न सके दिल्लीले उपाधिको लागि मुम्बईसंग प्रतिस्पर्धा गर्ने छ ।  

आजको खेलमा सन्दिपले मौका पाएका थिएनन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved