नेपालले मेलेसियासँग अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेल्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 09:53:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले आज मेलेसियासँग अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेल्दैछ । मलेसियाकोे बुरीत जालिल रंगशालामा हुने खेला नेपाली समय अनुसार राति पौने आठ बजे सुरु हुनेछ । फिफा बरियतामा आफूभन्दा ७ स्थानमाथि रहेको मलेसियासँग नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले आजको खेललाई  विश्वकप छनौटको तयारीमा रुपमा लिएको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले मलेसियासँग नेपालले खेल्नको लागि खेल्ने नभई जित्नको लागि खेल्न लागिएको बताएका छन् । मलेसिया आफूहरुभन्दा केही बलियो भएपनि नेपालले कडा चुनौती दिँदै जित्न सक्षम रहेको उनको भनाई छ । 

कालिन नेपाली टोलीको प्रशिक्षक भएपछि उनको प्रशिक्षकत्वमा नेपालले यसपटक दोस्रो चोटी मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यसअघि गत चैत्रमा पहिलो पटक नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एकमा हार र एकमा बराबरी गरेको थियो ।

यस्तो छ नेपाली टिमः 

गोलकिपरः किरण चेन्जोङ, एलन न्यौपाने, विकेश कुथु

डिफेन्डरः विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल

मिडफिल्डर/फरवार्डः सुनिल बल, रवि पासपान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अविशेक रिजाल, अन्जन विष्ट

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved