सिपिएलमा चम्किए सन्दिप, बने म्यान अफ दि म्याच

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2019 | 07:20:16 AM मा प्रकाशित

laxmi  sunrise bank

क्यारेबियन प्रिमियर लिग(सिपिएल)मा नेपाली स्पिनर सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । बिहिबार भएको खेलमा बार्बेडोस ट्राईडेन्टसबाट खेलेका  उनी उत्कृष्ट प्रदर्शन गर्दै  'म्यान अफ द म्याच' घोषित भएका हुन्।

 उनले  नेभिस पेट्रिएट्सविरूद्ध ४ ओभरमा २२ रन खर्चदै ३ विकेट लिएका हुन्। 

 टस हारेर पहिले ब्याटिंग गर्दै बार्बेडोसले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १८६ रनको जोडेको थियो थियो। जवाफमा १८७ रनको लक्ष्य पछ्याउन आएको सेन्ट किट्स २० ओभरमा ९ विकेट गुमाएर १६८ रन सिमित भयो। 

 १८ रनले खेल जित्दा सन्दिपको योगदान महत्वपूर्ण रह्यो । सन्दिपले  शाम्राह ब्रुक्स, लौरी इभान्स र कार्लोस ब्राथवेटको विकेट लिएका हुन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved