११ युवाको संयुक्त लगानीमा गौतम बुद्ध क्रिकेट एकेडेमी, वर्षमा ३ पटक भर्ना

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Feb 02, 2020 | 03:01:54 PM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीको सैनामैना नगरपालिकामा गौतमबुद्ध ईन्टरनेशनल क्रिकेट एकेडेमी सञ्चालनमा आएको छ । क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले सैनामैनाका ११ जना युवाको संयुक्त लगानीमा सुविधा सम्पन्न क्रिकेट एकेडेमीको सञ्चालनमा ल्याईएको हो ।

शनिबार एकेडेमीले विद्यार्थी भर्ना सुरु गरिएको जानकारी दिएको हो ।१ करोड लगानीमा भौतिक संरचना निर्माण गरि एकेडेमीको सञ्चालनमा ल्याईएको गौतम बुद्ध ईन्टरनेशनल क्रिकेट एकेडेमीका अध्यक्ष तिलब केसीले बताए । 'सुविधा सम्पन्न क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएका छौ' उनले भने 'अन्तर्राष्ट्रिय मापदण्डमा रहेर एकेडेमीमा ३ वटा पिच निर्माण गरि सञ्चालनमा ल्याईएको छ' । क्रिकेटको १ वर्षको कोर्ष नै तयार पारिएको केसीले बताउँदै क्रिकेट खेलाउने मात्र नभएर एकेडेमीबाट शैद्धान्तीक ज्ञान पनि प्रदान गरिने बताए । 

अध्यक्ष केसीले भने 'हामीले क्रिकेट शिक्षाको कोर्ष पनि तयार पारका छौं, ३० प्रतिशत शैद्धान्तिक हुन्छ भने ७० प्रतिशत प्रयोगात्मक हुने छ । यसको लागि सम्पूर्ण तयारी पुरा भएको छ र भर्ना सुरु भईसकेको छ ।' 

जिल्लामा क्रिकेट प्रतिको क्रेजलाई थप प्रोत्साहन गर्नका लागि सैनामैनामा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट एकेडेमीको निर्माण गरिएको केसीले बताए । बिहान ,दिवा र साँझ गरि दैनिक क्रिकेटको प्रशिक्षण प्रदान गरिने एकेडेमीका सचिब जेवि क्षेत्रीले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य राखेर एकेडेमीको सञ्चालन गरिएको क्षेत्रिले बताए । ख्याती प्राप्त कोच नै राखेर क्रिकेटको तालिम प्रदान गरिने र अहिले भर्ना सुरु गरिएको उनले बताए ।

वर्षमा ३ पटक मात्र भर्ना खुल्ने बताउदैे एकेडेमीमा ३ हजार भर्ना र मासिक शुल्क २५ सय लाग्ने सञ्चालक सुमित पाठकले बताए । एकेडेमीको सुरुवाती चरण भएकाले भर्ना र माशिक शुल्कमा १० प्रतिशत छुट प्रदान गरिएको पाठकले बताए । एक कोर्षमा ४० विद्यार्थी मात्र भर्ना गरिने र सबै कोर्षमा गरि १ सय विद्यार्थीलाई तालिम प्रदान गरिने पाठकले बताए । 

सैनामैना नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कामदेव भुषालले क्रिकेट खेलाडी उत्पादन गर्नको लागि एकेडेमीले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।एकेडेमी देश कै नमुना सुविधा सम्पन्न बनेको सञ्चालकले भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved