ओमानसँग १८ रनले पराजित भयो नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 05:02:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्कम एकदिवसीय सिरिजको उद्घाटन खेलमा नेपाल ओमानसँग पराजित भएको छ । बुधबारको खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो । 

ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनाएको थियो । ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि शरद भेषवाकरले १०८ बलमा ८ चौका हिर्काउँदै ५५ रन जोडे । दिपेन्द्र सिंह ऐरीले ३६ रन बनाउँदा सन्दीप लामिछानेले २८ र विनोद भण्डारीले २६ रनको योगदान दिए । ओपनर कप्तान ज्ञानेन्द्र मल्ल १ र अर्का ओपनर पूर्व कप्तान पारस खड्का ३ रन बनाएर आउट भए । रोहित कुमार पौडेल शून्य रनमा आउट हुँदा आरिफ शेखले ६ रन बनाए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved