त्रिकोणात्मक टी–२० फाइनलः नेपालले नेदरल्याण्डस्लाई दियो २३९ रनको विशाल लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2021 | 03:04:18 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डस्लाई २३९ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २३८ रनको विशाल योगफल तयार पारेको हो ।

नेपालका लागि कुशल भुर्तेलले ७७ रनको योगदान दिए । ५३ बल खेलेका उनले ८ चौका र ३ छक्का हिर्काए । कप्तान ज्ञानेन्द्र मल्लले १९ बल खेल्दै ३३ रन जोडे ।

२४ बल खेलेका कुशल मल्ल ५० रनमा अविजित रहँदा उप–कप्तान दिपेन्द्र सिंह ऐरी पनि १८ बल खेल्दै ४८ रनमा अविजित रहे ।

ओपनर आरिफ सेख १६ रनमा आउट भए । ८ बल खेलेका उनले २ छक्का र १ चौका प्रहार गरे ।

नेदरल्याण्डस् अब जवाफी ब्याटिङ गर्दैछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved