एफसी चितवनको जर्सी र प्रायोजक सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2021 | 04:01:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली फुटबलको इतिहासमै पहिलोपटक अक्सनमा आधारित फ्रेन्चाइज नेपाल सुपर लीग (एनएसएल) आजबाट शुरू हुँदैछ । अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको हो । 

आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रा.लिले एफसी चितवन टीमको जर्सी र प्रायोजकहरू सार्वजनिक गरेको छ । शनिबार पानीपोखरीस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच एफसी चितवनका प्रवन्ध निर्देशक सचिन ढकाल र लि–निङ्गका प्रवन्धक कृतराज महर्जनले संयूक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन् । 

अवदेखि एफसी चितवनका खेलाडी एवम् सम्बद्धले लि–निङ्ग ब्राण्डका पोशाक पहिरने छन् ।   डीस होम फाइबर नेट मूख्य प्रायोजक रहेको एफसी चितवनमा आइएमई लिमिटेड, आइएमई पे, आइएमई लाइफ, आइएमई जनरल इन्सोरेन्स, आइएमई ट्राभल, हिमालयज अन टप, अनकोर मिडियाले प्रायोजन गर्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved