नेदरल्याण्डसलाई १४२ रनले हराउँदै नेपालले जित्यो त्रिकोणात्मक टी–२० को उपाधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2021 | 04:32:23 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय क्रिकेटको उपाधि नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेदरल्याण्डसलाई १४२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधि उचालेको हो । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको हो । जवाफी ब्याटिङ गरेको नेदरल्याण्डस १७.२ ओभरमा ९६ रन बनाएर अलआउट भयो । 

नेपालका लागि कुशल भुर्तेलले ७७ रनको योगदान दिए । ५३ बल खेलेका उनले ८ चौका र ३ छक्का हिर्काए । कप्तान ज्ञानेन्द्र मल्लले १९ बल खेल्दै ३३ रन जोडे ।

२४ बल खेलेका कुशल मल्ल ५० रनमा अविजित रहँदा उप–कप्तान दिपेन्द्र सिंह ऐरी पनि १८ बल खेल्दै ४८ रनमा अविजित रहे ।

ओपनर आरिफ सेख १६ रनमा आउट भए । ८ बल खेलेका उनले २ छक्का र १ चौका प्रहार गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved