टी–ट्वान्टी वरियतामा नेपालको एक स्थान सुधार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2021 | 02:40:25 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो ।

यसअघि नेपाल १४औँ स्थानमा रहेको नेपालले घरेलु मैदानमा केही दिनअघि सकिएको त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधि उचालेको थियो । 

टी–ट्वान्टीको नयाँ वरियताको पहिलो स्थानमा इङग्ल्यान्ड छ । दोस्रोमा भारत, तेस्रो स्थानमा न्युजिल्यान्ड, चौथो स्थानमा पाकिस्तान, पाँचौँ स्थानमा अष्ट्रेलिया छ ।

यस्तै नेपालले एक दिवसीय वरियतामा पनि एक स्थान सुधार गरेको छ । एकदिवसीय वरियतामा नेपाल १६औँ स्थानमा छ । एक दिवसीयको नयाँ वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved