म्यानचेस्टर सिटी इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2021 | 09:59:20 AM मा प्रकाशित

laxmi  sunrise bank

इंग्लिस क्लब म्यानचेस्टर सिटी इतिहासमा पहिलो पटक युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान इथिहाड रंगशालामा सिटीले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन् (पीएसजी) लाई २–० ले हराएको हो । पहिलो लेगमा २–१ को जित हासिल गरेको सिटी समग्रमा ४–१ ले विजयी भएको हो ।

खेलको सुरुमै गोलरक्षक एडर्सनले ६० यार्ड परदेखि दिएको पासलाई रियल मेहेरेजले गोलमा परिणत गर्दै अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा मेहेरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । त्यसपछि कुनै गोल हुन नसकेपछि सिटी २–० ले विजयी हुँदै फाइनल प्रवेश गर्यो । 

स्ट्राइकर केलियन एम्बाप्पे चोटका कारण बेन्चमै सीमित हुँदा पीएसजीलाई घाटा लाग्यो । फर्नान्डिन्होमाथिको फलका कारण एंगेल डी मारियाले रातोकार्ड पाए ।

२९ मे मा इस्तानबुलमा हुने फाइनलमा सिटीले चेल्सी र रियल मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।  पहिलो लेगमा चेल्सीले घरेलु मैदानमा रियलसँग १–१ गोलको बराबरी खेलेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved