विश्वकप छनोटः कुवेतमाथि अष्ट्रेलियाको सानदार जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2021 | 09:19:57 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप २०२२ को छनोटमा अष्ट्रेलियाले कुवेतमाथि सहज जित हात पारेको छ । एसियाली छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा अष्ट्रेलियाले कुवेतलाई ३–० ले हराएको हो ।

अष्ट्रेलियाको जितमा म्याथ लेकी, ज्याकसन इर्भिनी र एजडिन हास्टिकले गोल गरे । 

अष्ट्रेलियाका लागि खेलको पहिलो मिनेटमै लेकीले गोल गर्दै लाई अग्रता दिलाए । २४औँ मिनेटमा ज्याकसनले पेनाल्टीमा गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर बनाए । ६६औँ मिनेटमा एजडिनले गोल गर्दै अष्ट्रेलियालाई ३–० गोलको जित दिलाए ।

जितसहित ५ खेलबाट १५ अंक जोडेको अष्ट्रेलिया तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको कुवेतको १० अंक छ । समान अंक भएको जोर्डन तेस्रो स्थानमा छ । ६ खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको चौथो स्थानमा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved