बलियो जोर्डनसंग प्रतिस्पर्धा गर्दै नेपाल, यस्तो छ नेपालको सुरुवाती टिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2021 | 08:47:29 PM मा प्रकाशित

laxmi  sunrise bank
फिफा विश्वकप तथा एएफसी एसिया कप छनोटअन्तर्गत नेपालले आज जोर्डनसंग खेल्दै छ । खेल नेपाली समय अनुसार आज सोमबार बेलुका ९:४५ बजे सुरु हुने छ ।

नेपालीले यस अघिको खेलमा चाईनेज तापेई बिरुद्द २-० गोल अन्तरको जित निकालेको थियो । तर जोर्डन निकै बलियो टोली हो । जोर्डनको फिफा बरियतामा ९५ औं स्थानमा छ भने नेपाल १७१ औ स्थानमा छ । त्यसो त नेपालले पराजित गरेको चाइनिज तापेईको फिफा बरियता नेपालभन्दा माथि अर्थात् १४१ औ स्थानमा थियो । 

नेपाल टिममा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतारीले नेपालले जितको लागि खेल्ने बताएका छन् । जोर्डन बलियो टिम रहेको र नेपाललाई सबैले अन्डर डगको रुपमा लिएपनि सबै खेल ०-० को अवस्थामा सुरु हुने भएकोले जितको लागि खेल्ने रणनीति अपनाउने बताएका छन् । 

सोहि अनुसार उनले अघिल्लो खेलको तुलनामा टिममा केहि परिवर्तन गरेका छन् । आजको खेलमा उनले  अभिषेक रिजाल, विकाश खवास र दिनेश राजबंशीलाई सुरुवाती ११ मा स्थान दिएका छन् । यसअघिको खेलमा उनीहरु पहिलो ११ मा थिएनन् ।  यस अघिको खेल खेलेका सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठ सुरुवाती ११ मा परेका छैनन्। आजको खेलपछि नेपालले जेठ २८ गते अस्ट्रेलियासँग खेल्ने छ ।

खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टिभी मार्फत हेर्न सकिने छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved