जोर्डन बिरुद्द नेपाल १ गोलले पछाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2021 | 10:49:13 PM मा प्रकाशित

laxmi  sunrise bank
फिफा विश्वकप तथा एएफसी एसिया कप छनोटअन्तर्गत नेपालले अहिले जोर्डनसंग खेलिरहेको छ । पहिलो हाफको समाप्तिमा नेपाल १-० गोल अन्तरले पछाडी परेको छ । खेलको २३ औ मिनेटमा जोर्डनका लागि फैजलले पेनाल्टी मार्फत गोल गरेका हुन्  ।

नेपालीले यस अघिको खेलमा चाईनेज तापेई बिरुद्द २-० गोल अन्तरको जित निकालेको थियो । तर जोर्डन निकै बलियो टोली हो । जोर्डनको फिफा बरियतामा ९५ औं स्थानमा छ भने नेपाल १७१ औ स्थानमा छ । त्यसो त नेपालले पराजित गरेको चाइनिज तापेईको फिफा बरियता नेपालभन्दा माथि अर्थात् १४१ औ स्थानमा थियो । 

नेपाल टिममा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतारीले नेपालले जितको लागि खेल्ने बताएका थिए। जोर्डन बलियो टिम रहेको र नेपाललाई सबैले अन्डर डगको रुपमा लिएपनि सबै खेल ०-० को अवस्थामा सुरु हुने भएकोले जितको लागि खेल्ने रणनीति अपनाउने बताएका थिए। 

सोहि अनुसार उनले अघिल्लो खेलको तुलनामा टिममा केहि परिवर्तन गरेका थिए। आजको खेलमा उनले  अभिषेक रिजाल, विकाश खवास र दिनेश राजबंशीलाई सुरुवाती ११ मा स्थान दिएका थिए । यसअघिको खेलमा उनीहरु पहिलो ११ मा थिएनन् ।  यस अघिको खेल खेलेका सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठ सुरुवाती ११ मा परेका थिएनन् । आजको खेलपछि नेपालले जेठ २८ गते अस्ट्रेलियासँग खेल्ने छ ।

खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टिभी मार्फत हेर्न सकिने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved