कोपा अमेरिकाः बदला लिने लक्ष्यका साथ मैदान उत्रदै अर्जेन्टिना, विगत दोहोर्याउने दाउमा चिली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2021 | 12:37:42 PM मा प्रकाशित

laxmi  sunrise bank

कोपा अमेरिका फुटबलमा दुई प्रमुख उपाधि दाबेदार अर्जेन्टिना र चिलीबीच महाभिडन्त हुँदैछ । नेपाली समय अनुसार मंगलबार बिहान २ः४५ बजे सुरु हुने खेलमा अर्जेन्टिनाले ब्राजिलको ओलम्पिक रंगशालामा चिलीको सामना गर्नेछ । 

यो खेलमा अजेन्टिनी स्टार लियोनल मेस्सीको टिम ४७औं संस्करणको कोपाको उपाधि जित्ने यात्रा सुरु गर्न चाहान्छ । निकै प्रतिस्पर्धात्मक हुने पक्का भएको यो खेलमा सन् २०१५ र २०१६ मा अर्जेन्टिनालाई नै हराएर उपाधि जितेको चिली पुनः सुरुवातमै अर्जेन्टिनाविरुद्द विगत दोहोर्याने दाउमा छ । 

चिलीले सन् २०१५ र २०१६ मा दुवै वर्ष कोपाको फाइनलमा अर्जेन्टिनालाई नै हराएर लगातार दुई वर्ष उपाधि उचालेको थियो । २०१९ को कोपाको तेस्रो स्थानका लागि भएको खेलमा भने अर्जेन्टिनाले चिलीलाई २–१ ले हराएको थियो । तनावपूर्ण भएको उक्त खेलमा मेस्सीले रातो कार्ड खाएका थिए । 

२०१९ को कोपापछि २०१९ को सेप्टेम्बर ६ मा अर्जेन्टिना र चिलीबीच भएको एक मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । 

कोपाका लागि अर्जेन्टिनी टोलीमा मेस्सीको कप्तानीमा सर्जियो अगुएरो, एन्जल डि मारिया, स्टार फरवार्ड लौटारो मार्टिनेज लगायत अनुभवी खेलाडी छन् । उता चिलीको टोलीमा पनि एलेक्सि सान्चेज, अर्टुरो भिडाल, बेन्जामिन एन्टोनि जस्ता अनुभवी खेलाडी छन् । 

नेपालमा कोपाका खेल सोनीका विभिन्न च्यानलबाट लाइभ हेर्न पाइनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved