बिजपाटीमा युरोकपको नतिजा अनुमान गर्दा मोबाइलदेखि पेनड्राइभसम्म उपहार, यसरी हुनुस् सहभागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2021 | 09:29:08 PM मा प्रकाशित

laxmi  sunrise bank

युरो कप प्रतियोगिताको अवसर पारेर बिजपाटी डटकमले संचालन गरेको 'predict & win' प्रतियोगिताको विजेताले पाउने पुरस्कारको घोषणा भएको छ। आज सोमबार प्रतियोगिता संचालन गरेको बिजपाटी डटकम र प्रयोजक तपाईको पसल डटकमले संयुक्त रुपमा पुरस्कार घोषणा गरेका हुन् 

आयोजक बिजपाटी र प्रायोजक तपाईको पसलबीच आज नै पुरस्कार सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा बिजपाटीको तर्फबाट ब्यबस्थापक गणेश महर्जन र तपाइको पसलको तर्फबाट मोहम्मद जैनुल अलीले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार प्रतियोगितामा सबैभन्दा बढी अंक ल्याई प्रथम हुने सहभागीलाई मोबाइल फोन प्रदान गरिने भएको छ । त्यस्तै दोस्रो हुने सहभागीलाई स्मार्ट वाच र तेस्रो हुने सहभागीलाई पावर ब्यांक प्रदान गरिने छ । त्यस्तै चौथो देखि दशौसम्म रहने सहभागीले पेन ड्राइभ पाउने छन् । यदि २ जना सहभागीहरुको समान अंक आएमा गोलाप्रथा गरेर विजेता चयन गरिने छ । 

युरोकपलाई थप रोमान्चक बनाउन बिजपाटीले तपाईकोपसल डटकमसँगको साझेदारीमा यो प्रतियोगिता संचालनमा ल्याएको हो । यस प्रतियोगितामा जो कोहि सहभागी भएर युरोकप अन्तर्गत खेलिने ५१ वटै खेलको नतिजा अनुमान गर्न सक्ने छन् । यो प्रतियोगिता बिजपाटीको सब डोमेन https://sports.bizpati.com/ मार्फत संचालन हुने छ । प्रतियोगितामा सहभागी हुनको लागि आफ्नो इमेल मार्फत रजिस्टर गर्नु पर्ने छ वा फेसबुक मार्फत लगइन गरि सहभागी हुन सकिने छ । 

खेलको नतिजा सही रुपमा अनुमान गरेमा प्रति खेल १०० अंक प्राप्त गर्न सकिने छ । यस हिसाबमा ५१ खेलबाट अधिकतम ५१०० अंक प्राप्त गर्न सकिने छ । ५१ खेलको समाप्तिमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने १० जनालाई आकर्षक उपहार प्रदान गरिने छ । प्रतियोगिताको नियम हेर्नको लागि यहाँ क्लिक गर्नु होला । 

बिजपाटीले यस अघिको विश्वकपमा पनि यस्तै खालको  'predict & win' प्रतियोगिता संचालन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved