युक्रेनद्वारा नर्थ मेसेडोनिया २–१ ले पराजित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2021 | 10:15:58 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोकप फुटबल अन्तर्गत आज भएको खेलमा युक्रेनले नर्थ मेसेडोनियालाई २–१ ले पराजित गर्दै पहिलो जीत हाँसील गरेको छ । १६ औं संस्करणको युरोकपमा युक्रेनको यो पहिलो जित हो । 

युक्रेनतर्फबाट एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले गोल गरेका थिए भने नर्थ मेसेडोनियाका एजान एलिओस्कीले एक गोल फर्काएका थिए ।खेलको २९ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए भने ३४ औं मिनेटमा यारेमचुकले गोल गरेपछि पहिलो हाफमै युक्रेनले २–० को अग्रता लिएको थियो ।

त्यसपछि ५७ औं मिनेटमा नर्थ मेसेडोनियाका लागि एलिओस्कीले गोल फर्काए । सुरुमा उनको पेनाल्टी प्रहार युक्रेनका गोलकिपर जर्जले रोकेका थिए तर जर्जले पूर्ण रुपमा बचाउन नसकेपछि त्यसकै रिबाउन्डमा उनले गोल गरे ।

यस्तै ८४ औं मिनेटमा युक्रेनले भिएआरको सहयोगमा पेनाल्टी पायो । तर रुस्लान मालिनोभ्सकीले पेनाल्टी प्रहार नर्थ म्यासेडोनियाका गोलकिपर स्टोलले बचाएका थिए । यसरी अरु गोल थपिन नसक्दा युक्रेनले  म्यासेडोनियालाई पराजीत गर्न सफल भयो । 

पहिलो जितपछि समूह सी मा युक्रेनले २ खेलबाट ३ अंक जोड्न सफल भएको छ । युक्रेन यसअघि पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो । यो जित सँगै युक्रेनले सी बाट नकआउट चरणमा प्रवेश गर्ने सम्भावना जीवित राखेको छ ।

पहिलो खेलमा नर्थ मेसेडोनिया अष्ट्रियासँग ३–१ ले पराजित भएको थियो । यस सँगै नर्थ मेसेडोनियाको भने यो लगातार दोस्रो हार हो ।


 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved